२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फिल्म ‘एलिफन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि तमिलनाडु सरकारको यस्तो घोषणा


507
Shares

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’ले यसैसाता सम्पन्न ओस्कार अवार्डमा सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्मको उपाधि जितेको छ ।

फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र तिनका हेरचाह गर्नेहरूको पक्षमा निर्णय गर्दै पुरस्कार दिने घोषणा गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सरकारले हात्तीको हेरचाहका लागि शिविर बनाइदिने भएको छ । उक्त योजनाअन्तर्गत आधारभूत सुविधासहितको नयाँ हात्ती शिविर अब कोइम्बटुर चावडीमा आठ करोड भारतीय रुपैयाँको लागतमा निर्माण समेत गर्ने भएको छ ।

यसैबीच मुख्यमन्त्री एमके स्टालिनले हात्तीको संरक्षण गर्ने कामदारलाई मुख्यमन्त्री राहत कोषबाट १–१ लाख भारतीय रुपैयाँ दिने पनि बताएका छन् । यस डकुमेन्ट्रीमा टाइगर रिजर्वको केयरटेकर जोडी बोमन र बेली लीडले मुख्य भूमिका निर्वाह गरेका छन् ।

फिल्मको प्रशंसा गर्दै तमिलनाडु सरकारले राज्यका दुई शिविरमा रहेका ९१ हात्तीहरूको हेरचाह गर्ने माहुतहरूलाई मुख्यमन्त्री राहत कोषबाट प्रत्येक एक लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । यससँगै माहुतका लागि घर निर्माणका लागि ९ करोड ८ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

सरकारले प्रसिद्ध अन्नामलाई टाइगर रिजर्भमा हात्तीको शिविर बनाउन पाँच करोड रुपैयाँ दिएको छ, जसले गर्दा उनीहरुलाई हात्तीको संरक्षण गर्न सकिने समाचारमा उल्लेख छ ।

निर्देशक कार्तिकी गोन्साल्वेस निर्देशित यो फिल्मका निर्माता गुनीत मोंगा हुन् । ३९ मिनेटको यो छोटो फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ । यो फिल्म मूल रूपमा तमिल भाषामा बनाइएको थियो।

यो फिल्मलाई ८ डिसेम्बर २०२२ मा नेटफ्लिक्सबाट प्रदर्शन गरिएको थियो ।