२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिहीबार कोरोना संक्रमितको शून्य


117
Shares

काठमाडौं । बिहीबार कोरोना संक्रमितको संख्या शून्य पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११०१ जनाको नमूना परीक्षण गरिएको थियो ।

९३ जनाको पीसीआर र १००८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।