१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज मेघगर्जन-चट्याङ र हावाहुरीसहितकाे वर्षा हुने


546
Shares

काठमाडौं । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र तराई भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।