१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठग सुकेश चन्द्रशेखरको जीवनमा आधारित फिल्म बन्ने


3.406k
Shares

एजेन्सी । २ सय करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा जेलमा रहेका ठग सुकेश चन्द्रशेखरको जीवनमा आधारित फिल्म बनाउने तयारी भइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतीय फिल्म निर्माता आनन्द कुमारले सुकेशको जीवनमा फिल्म बनाउन लागेका हुन् । यसका लागि उनले तिहाड जेलका एएसपीसँग पनि कुरा गरेका छन् ।

आनन्दले सुकेशसँग सम्बन्धित हरेक साना ठूला जानकारी सङ्कलन गरिरहेका छन् । यो फिल्म २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुने सम्भावना रहेको बताइएको छ ।

तिहाड जेलका एएसपी जेलर दीपक शर्माले सुकेशको कथा निकै रोचक रहेको बताएका छन् । आनन्दले यसलाई फिक्शन फिल्म बनाउने तयारी गरेका छन् । केही समय अगाडि आनन्द कुमार दिल्ली गएका थिए, जहाँ उनले एएसपी दीपकसँग पनि सुकेशको बारेमा जानकारी लिनको लागि छोटो भेट गरेका थिए ।

फिल्म निर्माता आनन्द कुमारले ६ महिनाको लागि दिल्लीमा एउटा होटल बुक गरेका छन् । त्यहाँ फिल्मका लेखकहरू बसेर प्रोजेक्टमा काम सुरु गर्नेछन् । हाल फिल्मको स्टार कास्ट र लोकेसन भने खुलाइएको छैन तर छिट्टै यसको आधिकारिक पुष्टि हुनेछ ।

फिल्ममा सुकेशले कसरी राजनीतिज्ञ, सेलिब्रेटी र व्यवसायीलाई ठगी गरे भन्ने कुरालाई ध्यानमा राखेर फिल्म निर्माण गरिनेछ । उनले कसरी करोडौं रुपैयाँ हिनामिना गरे, साथै अभिनेत्रीसँगको उनको अफेयरदेखि हरेक कुरालाई विस्तृत रूपमा देखाइनेछ ।