
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।
बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय बसुन्धारामा बस्ने भनिएको थियो । आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।
उपराष्ट्रपति चयनका लागि शुक्रबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ । तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।
राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्