
काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालेको बताउनुभएको छ ।
शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति पदकाे चयनका लागि भएकाे निर्वाचन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताउनुभयो । उहाँले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।
उहाँले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताउनुभयो । उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,-‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो । पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्यो, स्थितिले पनि महशुस गरायो । यो अधिकार सम्पन्न पद होइन । तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अप व्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ । यो एकदमै गलत भयो ।’
उपराष्ट्रपति पदमा आफू विजयी हुने पनि उहाँले दावी गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्