२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपराष्ट्रपति चयनका लागि मतदान जारी


312
Shares

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि सुरू भएको मतदान अहिले जारी रहेको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा संघीय तथा प्रदेश सभाका सांसदहरुले मत खसाली रहनु भएका छन् ।

मतदानमा उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले पहिलो मत खसाल्नु भएको थियो । त्यसपछि अन्य सांसदहरूले मतदान गरिरहनु भएको छ ।

बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म संघतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा) बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ । तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।

निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।