
काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा मतदान गर्नुभएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरू भएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्