
काठमाडौं । चलचित्र हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँ वर्षको जेठ १२ गते बाट प्रदर्शन हुने भएको छ ।
यसअघि यो चलचित्र चैत ३ गते प्रदर्शनको तयारीमा थियो । तर, प्राविधिक काम नसकिएकाले चलचित्रले प्रदर्शन मिति सारेको निर्माण पक्षले जानकारी दिएको छ ।
स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन रहेको छ ।
चलचित्रमा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।
प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।
रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।
प्रतिक्रिया दिनुहोस्