९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना


234
Shares

काठमाडौं । मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना भएको छ ।

मध्यपुर थिमि निवासी राजमान र तेजमाया बाडेको सहयोगमा ७ फुटे दिपंकर बुद्ध स्थापना भएको हो ।

पाटी विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो ।

दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा २०७९ फागुन ३० देखि चैत ६ गतेसम्म सप्ताहव्यापी महापरित्राण कार्यक्रम भइरहेको छ ।

कार्यक्रममा विभिन्न ठाउँबाट भजन मण्डली पाटी विहारमा आइ ज्ञानमाला भजनको प्रस्तुति दिएरहेका छन् ।