
काठमाडौं । शास्त्रीय तथा आधुनिक सङ्गीतको प्रवद्धन गर्ने उदेश्यले स्थापित गुरुदेव कामत सङ्गीत फाउण्डेशनको आयोजनामा शनिबार २५ औं एकल गायन सरम्य सन्ध्या सम्पन्न भएको छ ।
सरम्य सन्ध्यामा बोल्दै गुरुदेव कामतले सङ्गित क्षेत्रमा आउने नयाँ पिढिले शास्त्रीय सङ्गीत सिकेर आउन अनुरोध गर्नुभयो ।
वरिष्ठ गायक कामदले कार्यक्रममा ख्याल ठुमरी हिन्दी, नेपाली र मैथली भाषाका १ दर्जन भन्दा सङ्गीत प्रस्तुत गर्नुभएको थियो । ६७ वर्षिय गायक कामतले भारतका वरिष्ठ शास्त्रीय सङ्गितकार सङ्ग प्रशिक्षण लिनु भएको छ ।
कार्यक्रममा बरिष्ठ सङ्गीत साधक संवैधानिक आयोगका पदाधिकारीलगायत गजल प्रेमिको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्