
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान हुँदैछ ।
त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुने भएको हो ।
निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्