१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


चलचित्र कलाकार संघमा निरौला निर्वाचित


16.172k
Shares

काठमाडौं । बरिष्ठ कलाकार मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

शनिबार भएको चलचित्र कलाकार संघको निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाबाट निरौला निर्वाचित हुनु भएको हो ।

निरौला २३५ सहित विजयी हुँदा निकटतम् प्रतिष्पर्धी रेजिना उप्रेतीले २०९ मत प्राप्त गर्नुभयो ।

निरौला चलचित्र कलाकार संघको स्थापनाकालदेखि महासचिव र उपाध्यक्षलगायतका पदमा रहेर काम गरिसक्नु भएको छ ।

यस्तै, निर्वाचनबाट उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी चुनिनु भएको छ भने महासचिवमा सबिन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी तथा कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित भएका छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।

सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन् । यस्तै, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा पनि सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा कूल ४ सय ६८ मत खसेको थियो । २६ मत बदर भएको थियो ।