
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् ।
शनिबार राति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् ।
चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका जोआ फेलिक्स र काई हाभर्ट्जले एक एक गोल गरे । तर, एभर्टनका अब्दुलाय डुकोरे र एलिस सिम्सले पनि एक एक गोल गरे ।
खेलको ५२ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६९ औं मिनेटमा कोरेले गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७६ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै पुनः चेल्सीलाई २–१ को अग्रता दिलाए । तर, ८९ औं मिनेटमा सिम्सले गोल गर्दै एभर्टनलाई २–२ को बराबरीमा ल्याए ।
बराबरीसँगै चेल्सी २७ खेलबाट ३८ अंक जोडेर १० औं स्थानमा छ । एर्भटन २८ खेलबाट २६ अंक जोडेर १५ औं स्थानमा छ ।
शनिबार राति भएको अन्य खेलहरूमा टोटनह्यामलाई साउथह्यानम्पटनले ३–३ गोलको बराबरीमा रोकेको छ ।
यस्तै, लिड्स युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–२ अन्तरले हराउँदा एस्टन भिल्लाले बर्नमाउथमाथि ३–० अन्तरको जित निकाल्यो । ब्रेन्टफोर्ड र लेस्टर सिटीले १–१ गोलको बराबरीमा चित्त बुझाए ।
प्रतिक्रिया दिनुहोस्