
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ ।
आइतबार संसद भवनस्थित ल्होत्ले हलमा बैठक सुरू भएको हो ।
संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ ।
आइतबार संसदमा ‘संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९’ र ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ प्रस्तुत हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्