
काठमाडौं । चैतदेखि बैंक वित्तीय संस्थाका ब्याजमा केही कमी आउन थालेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा पनि बाह्य क्षेत्र सकारात्मक बन्दै गएको देखिएको छ । तर पनि शेयर बजारका लगानीकर्ता भने अझै सम्हालिन सकेका छैनन् ।
निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार साताको सुरुको दिन पनि ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंक बराबरले झरेर १९ सय २६ कायम भएर थामियो । कारोबार थप घटेर अर्ब हाराहारीमै खुम्चियो ।
आइतबार ५ वटा समूह हरियो रह्यो । बाँकी ८ वटा समूह रातो रहे । सामूहिक लगानी कोष, लघुवित्त र उत्पादनमूलक समूह १ प्रतिशत बढीले घटे । विकास बैंक र जीवन बीमा समूह पनि दोहोरो अंकले घटे । आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको करिब ३२ लाख कित्ता शेयर जम्मा १ अर्ब ७ करोड बराबरमा किनबेच भएको एक्सेजन्जले जनाएको छ ।
आइतबार १ सय २७ कम्पनीको मूल्य घट्दा जम्मा ७४ को बढ्यो । घटेको बजारमा पनि मानुसी लघुवित्त, यूनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले भने १० प्रतिशत कमाए ।
प्रतिक्रिया दिनुहोस्