१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारद्वारा पाँच डीआइजीको एआइजीमा बढुवा


1.001k
Shares

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एिआइजी) मा बढुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिनु अघि नयाँ एआइजी बनाएको हो । महानिरीक्षक सिंहले उमेर हदका कारण यही चैत ११ गतेदेखि अनिवार्य अवकाश पाउनु हुनेछ ।

अब यिनै पाँच एआइजी मध्येबाट नयाँ प्रहरी महानिरीक्षक चयन हुनेछन् ।गृह सचिव नेतृत्वको बढुवा समितिले गत फागुन २६ मा पाँचै जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवाको एक नम्बरमा बसन्त कुवँर रहनुभएको छ ।