१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुराको टुँडिखेल संरक्षण गर्न माग


208
Shares

डडेल्धुरा । डडेल्धुराको खुला मैदान टुँडिखेलको अस्तित्व संकटमा परेको छ ।

संरक्षणको अभावमा टुँडिखेल दिनप्रतिदिन प्रयोगविहीन हुँदै जाँदा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय तथा सदरमुकामको साबिक खलंगा बजारसँग जोडिएको टुँडिखेल संरक्षण तथा पहुँच मार्गसमेत स्तरोन्नति नभएको हो ।

राजनीतिक तथा सरकारी कार्यक्रमका साथै गौरा, तिज जस्ता साँस्कृतिक कार्यक्रम आयोजना हुने गरेको सरकारी जग्गा टुँडिखेल संरक्षण नहुँदा अतिक्रमणको सम्भावना भएकाले यसको संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।