
रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ जनाको समुहमा घाँस दाउरा लिन गएकी मगरलाई हातीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मगरलाई हातीले आक्रमण गरेपछि उनीसँगै जंगल पुगेका अरु भागेर ज्यान जोगाउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्