
फाइल तस्वीर ।
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले बढेर १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्