
सुशील गैरे
कपिलवस्तु । सोमबार राति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका–८ देबीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेतीमा १६ लाख बराबरको क्षति पुर्याएको किसानहरुले अनुमान गरेका छन् ।
बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजा, तितेकरेला लगायत तरकारीबालीमा क्षति पुर्याएपछि यस क्षेत्रका किसान चिन्तित बनेका छन् । सुराही नदीको बगरमा एक दर्जन किसानले तरकारी खेती गरेका गर्दै आएका थिए ।
कृषक सुमुहका अध्यक्ष सुग्रीव लोनियाले भन्नुभयो, “बगरको तरकारीमा बाढीले नोक्सानी गरेपछि किसानको मिहिनेत सबै खेर गएको छ ।” बगरमा लगाइएको सबै तरकारी बगाएर लग्यो” । उहाँले भन्नुभयो, “किसानले ठूलो क्षति व्यहोरेकाले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउन सक्नुपर्दछ ।”
अनुगमनमा पुग्नुभएका शिवराज नगरपालिकाका मेयर अजय थापाले नगरपालिकाले तरकारी खेतीका लागि सहयोग गरेको बताउनु हुँदै तरकारी खेतीमा बाढीले गरेको क्षतिको पनि पालिकामा आवश्यक सल्लाह गरेर किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्