१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महेन्द्र क्याम्पस धरानको सभापतिमा समाजवादीका अलौकिक विजयी


689
Shares

सुनसरी । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा समाजवादी विद्यार्थी युनियनका युवराज राई (अलौकिक) निर्वाचित हुनुभएको छ ।

मंगलबार सम्पन्न मतगणना अनुसार अलौकिकले ८ सय २४ मत प्राप्त गरि सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार बिनोद आले मगरले ७ सय २४ मत प्राप्त गर्नुभयो ।

सचिवमा नेविसंघका सनिक श्रेष्ठ र कोषाध्यक्षमा समाजवादीकै सुपृया राई निर्वाचित हुनु भयो । सदस्यहरुमा समाजवादीका प्रकाश कुलुङ राई, नेविसंघका शुभराज राई, नितेश राई, आलोक लिम्बू, शुक्रराज इजम लिम्बू, हस्तकला राई, मन्दिप पराजुली र अखिल क्रान्तिकारीका रविन तिवारी निर्वाचित हुनुभएका छन् ।

निर्वाचनमा नेविसघ र अखिल क्रान्तिकारीको गठबन्धन तथा अनेरास्ववियु र समाजवादी एकल चुनावमा प्रतिस्पर्धा गरेका थिए ।