
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने बारेमा छलफल सुरु भएकाे बताउनुभएको छ ।
मंगलबार गोरखाको पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग वार्ता र संवाद सुरु भएको बताउनुभयो ।
देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने उहाँको भनाइ थियाे । जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्