
काठमाडौं । मंगलबार कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
गत २४ घण्टामा ९ सय ९ जनाको नमूना परीक्षण गरिएको हाे । ९६ जनाको पीसीआर र ८ सय १३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर १ जना संक्रमण मुक्त भएका छन् भने १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्