१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैलेखमा ग्यास सिलिण्डर बोकेको मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु


1.196k
Shares

काठमाडौं । दैलेखको तालपोखरीमा एलपी ग्यास बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको मिनीट्रक बुधबार बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी ट्रकका चालक ३० वर्षीय कृष्ण चौधरी र कामदारद्वय २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षिय विष्णु चौधरीको मृत्यु भएको हो ।

मिनी ट्रकका सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

मिनी ट्रक घुम्ती सडकको माथिल्लो मोडबाट तल्लो मोडमा खसेर दुर्घटना भएको हो ।