३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


सुनको मूल्य एकैदिन दुई हजार रुपैयाँ घट्यो


351
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार दुई हजार रूपैयाँले घटेर एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ७ हजार ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ५ रूपैयाँले घटेर १ हजार ३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।