१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सायनिक मलखादको समस्या समाधान नभको भन्दै माईतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले रासायनिक मलखादको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताउनुभयो ।

उहाँले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर, विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको बताउनुभयो । उहाँले यो आन्दोलन सातै प्रदेशमा गर्नेपनि बताउनुभयो ।

नेपाल कृषिप्रधान देश भएपनि किसानहरुले किसान भएर बाच्न सक्ने अवस्था नभएको भन्दै उनीहरुले नेपाली किसानलाई सरकारले समयमा नै मल, बीउसमेत उपलब्ध गराउन नसकेको आरोप लगाएका छन् । किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नुपर्ने माग राखेका छन् ।

यस्तै,उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।