२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रेस सेन्टर नेपाल सर्लाहीको विशेष अधिवेशन सम्पन्न


416
Shares

सर्लाही । सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्पन्न सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा द्वय क्षितिज विश्वकर्मा र सर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाह तथा सह–सचिवमा द्वय सलिना मगर र जितेन्द्र कुशवाह चयन भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला र मंन्दिरा लामिछाने चयन भएका छन् ।

त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ ।

सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ नेकपा (माओवादी केन्द) का पोलिटव्यूरो सदस्य उच्युतम काफ्लेले दलीय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भए पनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजले सबैभन्दा बढी विश्वास गर्ने प्रेस जगत नै हो, पत्रकारको आचरण खराब भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने छ।’

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडीले संगठनको हित विपरित क्रियाकलापमा लिप्त भएकोले उनी नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताउनुभयो