
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएकाे बताउनुभएकाे छ ।
बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता: अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको पनि उहाँले बताउनुभएकाे छ ।
उहाँले केन्द्र सरकार अझै पनि अनुदार रहेकाले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताउनुभएकाे हाे ।तल्लो तहमा अधिकार दिन भने राजनीतिक नेतृत्वले नचाहेको उहाँकाे भनाइ थियाे । प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयाे ।
प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्