
काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ ।
पूर्ण विवरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान सार्वजनिक गर्न हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
जनगणना प्रक्रियाअन्तर्गत देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गरिएपश्चात विभागले विवरण तयार पारेको हो ।
कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो ।
२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।
प्रतिक्रिया दिनुहोस्