१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी प्रदेश विरूद्धको आन्दोलनका क्रममा घाइते भएका लिम्बुको निधन


9.815k
Shares

सुनसरी । कोशी प्रदेश विरुद्धको आन्दोलनकाे क्रममा घाइते भएका एक आन्दोलनकारीको निधन भएको छ ।

गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी भएका लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमाण्डर पदम लिम्बु लाजेहाङको शुक्रबार बिहान निधन भएको हो।आन्दोलनका क्रममा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको संघीय लिम्बुवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले बताउनुभयाे ।

उहाँले लाजेहाङकाे निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको समेत बताउनुभएकाे छ । प्रदेश-१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातिय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् । लाजेहाङ आन्दोलनमा सशस्त्र प्रहरीको आक्रमणमा परी गम्भीर घाइते भएका थिए ।

मोरङको लालभित्ती घर भएका लाजेहाङ धरान-१५ मा बस्दै आएका थिए ।