१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी


988
Shares

काठमाडौं । गण्डकी प्रदेशमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिनु भएपछि माओवादीले शुक्रबार प्रदेश सरकार छोड्न लागेको हो ।

केन्द्रीय अध्यक्षको निर्देशनअनुसार शुक्रबार बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादीबाट चुमानले नेतृत्व गरिरहनुभएको छ ।

माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नुहुनेछ । त्यसपछि अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरिरहनुभएको छ ।