
काठमाडौं । साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३६० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्