
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भिर हुने आशा आफूले गरेको पनि बताउनुभयो । अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटक पटक दोहोर्याउनुभयो।
क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्