
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार नेकपा माओवादी केन्द्रको मात्रै हो भन्दै प्रश्न गर्नुभएकाे छ ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष लिङ्देनले दाहाल नेतृत्वको सरकारले हतारहतारमा सशस्त्र युद्धमा ज्यान गुमाएका व्यक्तिहरूको नाम प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नाम समेत भएकाे बताउनुभयाे ।
प्रधानमन्त्री दाहाललाई देशको अवस्थाको बारेमा होइन, पार्टीको बारेमा मात्र चिन्ता भएकाे उहाँकाे भनाइ थियाे । देशलाई दुर्घटनाबाट बचाउन राजनीतिलाई सुधार गर्नुपर्नेमा उहाँकाे जोड छ । राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने उहाँकाे तर्क छ ।
नेपालको राजनीतिमा इमान्दारिता र नैतिकता जीवित छ भन्ने उदाहरण प्रस्तुत गर्दै राप्रपा सरकारबाट बाहिरिएको पनि अध्यक्ष लिङ्देनले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्