१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुक अप्ठ्यारो स्थितिमा छ: धनराज गुरूङ


325
Shares

हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक अप्ठ्यारो स्थितिमा भएकाे बताउनुभएको छ।

हेटौंडामा शनिबारदेखि सुरू भएकाे नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देशलाई अप्ठ्यारो स्थितिबाट मुक्त गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएकाे उहाँले बताउनुभयाे । कांग्रेसको नेतृत्वमा देशको चरम आर्थिक संकटबाट पार लगाउन नसकेमा कांग्रेस नालायक हुने उहाँकाे तर्क छ ।

नालायकहरुले देश चलाई रहनुपर्छ सिंहदरबारमा बस्न पर्छ भन्ने आफूलाई नलागेकाे उहाँकाे भनाइ थियाे । इतिहासमा कांग्रेस पार्टीलाई नालायक बन्न दिदैनौं भन्ने संकल्प गर्नुपर्ने उहाँले बताउनुभयाे । संघीय सरकारमा र प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री हुनेले भ्रस्टाचार गर्ने छुट नपाउने, मन्त्रीहरुको कार्यशैलीको निगरानी गर्ने पनि उहाँले बताउनुभएकाे छ ।

नेपाल शिक्षक संघको दोस्रो अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट शिक्षकहरु सहभागी भएका छन् । साेही अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने उपसभापति गुरूङले बताउनुभयाे । अधिवेशन आइतबारसम्म संचालन हुने भएकाे छ ।