
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी र देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्