२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


राष्ट्रपति पौडेल गोरखामा


1.066k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो ।

राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गर्नुभएको छ भने उहाँले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा समेत गर्नुभएको छ ।

पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गर्नुभएको छ ।

उहाँसँगै गोरखा क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा जानु भएको छ ।