१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होन्डुरसले तोड्यो ताइवानसँगकाे कूटनीतिक सम्बन्ध


169
Shares

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी गराएकाे हो । होन्डुरस र ताइवान सन् १९८५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ ।

होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ । ति देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् । चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दै आएको छ । तर ताइवानले आफूलाई एक स्वतन्त्र देश ठान्छ ।

होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै ताइवानले खेद व्यक्त गरेको छ ।