१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपाको केन्द्रीय पदाधिकारीकाे बैठक आज बस्दै


78
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साेमबार दिउँसाे केन्द्रीय पदाधिकारीकाे बैठक बोलाएको छ ।

साेमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारीकाे बैठक बोलाइएको राप्रपाका एक नेताले बताएका हुन् । साेमबारकाे बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनकाे विषयमा छलफल हुने ति नेताले बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकको तयारी लगायत पार्टीका साङगठानिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने जनाइएकाे छ ।