
काठमाडौं । ६२ औं रंगमञ्च दिवस मनाइएको छ ।
सोमबार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताए ।
उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको बताए । अभिनेता खनालले सरकारले रंगकर्मीहरुलाई बेवास्ता गरेको आरोप लगाए ।
कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन् ।
अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र विस्तार गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्