
काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो ।
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९ दशमलब २ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक जित निकालेको हो ।
मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाइन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाइन् । सिमा कँुवरले १५ रन बनाईन । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २/२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १/१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो । प्रतियोगिता अन्तर्गत आज नै भएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्यो ।
सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य कोशीले १५ दशमबल ३ ओभरमा १ विकेट गुमाएर भेटाएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्