२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


143
Shares

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ ।

लघुवित्त समुह बाहेक अरु सबै समुह हरियो रहेको बजारमा कारोवार रकम भने डेढ अर्ब तलै रह्यो ।

आइतबारको गिरावटसँगै १८ सय ८८ पुगेको बजारमा सोमबार १७ अंकले बढेर १९ सय ६ कायम भएको छ ।

सोमबारको कारोबारमा जीवन बिमा समूहमा सबैभन्दा बढी १ सय ९४ अंकले वृद्धि हुँदा निर्जिबन बिमा समूहमा १ सय २६ अंकको सुधार आयो ।

लघुवित्त समूहमा १७ अंकको गिरावट आएको बजारमा अन्य समूहमा दोहोरो अंकको सुधार आयो । सोमबार १७७ कम्पनीको शेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ । सोमबार बजारमा सुपर माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

सोमबार २ सय ६१ कम्पनीको ४३ लाख बढी कित्ता शेयर १ अर्ब ३८ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।