२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वास्थ्य सेवा कार्यविधि पारित


182
Shares

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ ।

स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाई, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सभ्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको हो ।

मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि पारित गरेको यो पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले दाबी गर्नुभएको छ ।

पालिकामा ५ लाख र हरेक स्वास्थ्य संस्थामा २० हजार कोष स्थापना गरिएको अधिकृत रिजालले जानकारी गराउनुभयो ।

ग्रामिण जागरण संघ र टिडीएच फाउन्डेसन स्वीजरल्याण्डको साझेदारीमा सञ्चालित परियोजनाको समेत शुभारम्भ भइसकेको पालिकाले जनाएको छ ।