
एजेन्सी । अमेरिकाकाे टेनेसी राज्यको नासभिल शहरमा फेरी अर्को गोली काण्ड भएको छ ।
नासभिल शहरको एक प्राथमिक विद्यालयमा महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जना बालबालिकासहित ६ जनाको मृत्यु भएको हाे । प्रि–स्कुलदेखि ६ कक्षासम्म पढाई हुने २ सय विद्यार्थी रहेको प्रेस्बिटेरियन स्कुल द कभेन्टमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।
गोली लागेर मृत्यु हुनेहरुमा ९ वर्षीय बालकदेखि ६१ वर्षीय वृद्धसम्म रहेका छन् । आक्रमणकारी महिलाकाे पनि प्रहरीकाे कारबाहीमा मृत्यु भएकाे छ । आफू पनि सोही स्कुलमा पढेको भन्दै विद्यालयमा प्रवेश गरेकी २८ वर्षीय औड्री हेल नाम गरेकी महिलाले विद्यार्थी, शिक्षक र कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको नाशभिल शहरको प्रहरीले जनाएको छ ।
घटना र आक्रमणकारी महिलाकाे बारेमा विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्