१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते


221
Shares

एजेन्सी । साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएकाे छ ।

यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हाे । घटनामा करिब २९ जना घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश मक्क मदिना हिडेका तीर्थयात्री रहेको जनाइएकाे छ ।

रमजान प्रार्थनाका लागि तीर्थयात्री लिएर मक्कातर्फ जाँदै गरेको बस ब्रेकफेल भएर पुलमा ठोक्किएर पल्टिएको थियो । बसमा भीषण आगो लाग्दा धेरै जनाको मृत्यु भएको हो ।