१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अजरबैजानमाथि स्वीडेनको सानदार जित


325
Shares

एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीडेनको सानदार जित निकालेको छ ।

सोमबार राति भएको समूह ‘एफ’ को खेलमा स्वीडेनले अजरबैजानमाथि ५–० को सानदार जित निकालेको हो ।

खेलको ३८ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा अजरबैजानका मुस्ताफजादाले आत्मघाती गोल गर्दा स्वीडेन २–० ले अघि बढ्यो । ७९ औं मिनेटमा भिक्टर ग्योकेरेर्सले गोल गर्दै स्वीडेनलाई तेब्बर अग्रता दिलाए । ८८ औं मिनेटमा जेस्पर कार्ल्सनले गोल गर्दै स्वीडेनलाई ४–० ले अघि बढाए । त्यसपछि ८९ औं मिनेटमा एन्थोनी एलेन्गाले गोल गर्दै स्वीडेनलाई ५–० को जित दिलाए ।

स्विडेनको यो पहिलो जित हो । लगातार दुई खेलमा हार व्यहोरेको अजरबैजानले अंक जोड्न सकेको छैन ।