१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने पक्का


5.616k
Shares

काठमाडौं । डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने पक्का भएको दाबी गरिएको छ ।

अर्थ मन्त्रालय नेपाली कांग्रेसको भागमा पर्ने पक्का भएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डा. महतलाई अर्थमन्त्री बनाउन सिफारिस गरेको बुझिएको छ ।

कांग्रेसबाट सरकारको नेतृत्व गरेर जान लाग्नु भएका उपसभापति पूर्णबहादुर खड्काले पनि अर्थमन्त्रीमा ईच्छा देखाईरहेको बेला देउवाले महतको नाम पठाएको कांग्रेसको उच्च स्रोतले बताएको छ ।

यसअघि कांग्रेसबाट विनोद चौधरी, ज्ञानेन्द्रबहादुर कार्की लगायतको नाम अर्थमन्त्रीको रुपमा चर्चा भएपनि अन्ततः डा. महत अर्थमन्त्री बन्ने देखिएको हो ।

डा. महत देउवा पत्नी आरजू राणासँग निकट मानिनुहुन्छ ।