१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शान्ति प्रक्रियाका बाँकि कामलाई छिटो टुंगो लगाउनुपर्नेमा विज्ञको जोड


52
Shares

काठमाडौं । विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशष्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने रसमाजमा मेलमिलाप हुनेगरी शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पुर्‍याउन सरकार र संसदलाई सुझाव दिएका हुन ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरुले यसलाई चाँडो भन्दाचाँडो निष्कर्षमा पुर्‍याउन सुझाव दिनुभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सरकारले संक्रमणकालीन न्यायसम्बन्धि “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” प्रतिनिधिसभा पेश गरेको छ । सोही विधेयकको बारेमा विज्ञहरुले सांसदहरुलाई ब्रिफिङ गर्नुभएको र सांसदहरुले पनि सो सम्बन्धि जिज्ञासा राख्नु भएको पनि प्रमुख सचेतक लेखकले बताउनुभयो ।

अन्तरक्रियामा ५ जना विज्ञहरुले सो संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको आवश्यक्ता र औचित्यका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।