२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


समयमै सडक निर्माण सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन


598
Shares

झापा । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरूलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

झापाका विभिन्न निर्माणधिन सडकको अवलोकन गर्दे पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न नभएका सडक आयोजनालाई पूरा गर्न सभामुख घिमिरेले सडक विभागका अधिकारीहरूसँग ताकेता गर्नुभएको हो ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले सभामुखले चासो लिएका चारमध्ये तीन सडकको काम तोकिएकै समयमा पूरा हुने दावी गर्नुभयो ।

विर्तामोड–कप्तानबारी सडकको म्याद अझै एक वर्ष बाँकी छ भने बाँकी तीन वटा सडक भने असार मसान्तसम्म पूरा हुने गरी गृहकार्य भई रहेको उहाँले जानकारी दिनुभयो । सभामुख घिमिरेले रकमको अभाव हुन नदिने भन्दै सबै ठेकेदार कम्पनीसँग छलफल गरेर निर्माणाधीन सडक पूरा गर्न निर्देशन दिनुभएको हो ।